३० जेठ २०८३, शनिबार
एमसीसी अनुमोदनको सकस

एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच वार्ता शुरू, प्रधानमन्त्री देउवा पनि बालकोट जाने

फागुन १४, २०७८
एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच वार्ता शुरू, प्रधानमन्त्री देउवा पनि बालकोट जाने
तस्वीर साैजन्यः राजन काफ्ले ।

नेकपा एमाले र कांग्रेसका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलमा जुटेका छन् । 

संसदमा पेश भएको एमसीसी र आगामी राजनीतिक विषयमा सहकार्य गर्ने बारेमा सहमति बनाउन दुई दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । 

छलफलमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् । कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएका छन् ।

शीर्ष नेताहरूले दुई दलबीच प्रारम्भिक सहमति बनाएपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्