
शुक्रबार बोका, खसी बनाए घाउ नपाक्ने र चाँडै निको हुने परम्परागत मान्यता दोलखामा अझै पनि कायम रहेकाले यो दिन खसी पार्न धेरै सङ्ख्यामा आउने गरेका छन् ।
कुनै दिन एक/दुईवटा त कहिले शून्य हुन्छन् तर बोकालाई खसी बनाउने किसान धेरै सङ्ख्यामा शुक्रबार नै आउने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र चरीकोटका पशु चिकित्सक पलट चौधरीले जानकारी दिए ।
उनका अनुसार बारले फरक नपर्ने भए पनि किसानमा यो मान्यताको छाप बसेको छ ।
शुक्रबार १९ वटा बोका खसी बनाइएका छन् । माघमा २३ बोका खसी बनाइए पनि शुक्रबार बढी सङ्ख्या देखिएको छ ।
परम्परागत अन्धविश्वास पनि किसानमा विश्वास बनेर मानसपटलमा रहेकाले यस्तो हुन गएको खबर गोरखापत्र दैनिकमा बाबुराम शर्माले लेखेका छन् ।