
हुम्लाका गाउँगाउँमा होमस्टे सञ्चालनमा आउन थालेका छन् ।
सरकारी तथा गैरसरकारी कार्यालय गाउँपालिकास्तरमा पुगेपछि सेवाग्राहीलाई बस्न र खानाको समस्या हुँदा यस्ता होमस्टे सञ्चालनमा ल्याइएका हुन् ।
ग्रामीण बस्तीमा होमस्टे चलाउनेहरूको सङ्ख्या बढेको छ । थोरै लगानी र सीमित कामदारबाट पनि चलाउन सकिने भएपछि स्थानीय होमस्टे सञ्चालनमा आकर्षित हुन थालेका छन् ।
आम्दानी पनि हुने र रोजगारी पनि पाइने भएपछि जिल्लाका सर्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिकाका बस्तीमा यस्ता होमस्टे सञ्चालन हुन थालेका छन् ।
हुम्लाको चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा रोयल होमस्टे सञ्चालन गरिएको छ ।
सोही होमस्टेका सञ्चालक दन्त शाहीले काम विशेषले बाहिरबाट उनी आउने पाहुना र मुगु, हुम्ला आउजाउ गर्ने पैदल यात्रुको सुविधाका लागि होमस्टे सञ्चालनमा ल्याएको जानकारी दिए । गोरखापत्र दैनिकमा राजन रावतले खबर लेखेका छन् ।