२२ जेठ २०८३, शुक्रबार

एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले अस्पतालमा छुट पाउने

फागुन १५, २०७८
एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले अस्पतालमा छुट पाउने

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले सुमेरु सिटी अस्पतालसँग सम्झौता गरेको छ ।  

यस सम्झौता मार्फत बैंकका ग्राहकहरुले सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, युएसजी/ईईजी/सीटी स्क्यान/पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत प्राप्त हुनेछ । 

यसैगरी एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटी बीच द्विपक्षीय सम्झौता भएको छ ।

अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा अप्टिकल्स सामाग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट प्राप्त हुने  बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्