०४ साउन २०८३, सोमबार

आगामी निर्वाचनमा एमाले पहिलो दल : ईश्वर पोखरेल

फागुन १५, २०७८
आगामी निर्वाचनमा एमाले पहिलो दल : ईश्वर पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा  एमाले पहिलो दल बन्ने दाबी गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिवार उद्घाटन गर्दै नेता पोखरेलले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए ।

उनले एमालेलाई घेराबन्दी गर्ने योजना सफल नहुने जिकिर पनि गरे ।

प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरे ।नगरपालिकाका प्रमुख उद्धव खरेलले .स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाए ।  

कमेन्ट गर्नुहोस्