
खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा सार्वजनिक गरेको छ ।
यसका साथै कम्पनीले १०% क्यासब्याकको अफर सार्वजनिक गरेको छ ।
समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ।
प्रयोगकर्ताले १०% क्यास्ब्याक (रू.१०० सम्म) पाउनका लागि प्रोमोकोड नेसनल १०० प्रयोग गरि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क 'खल्ती' बाट यस प्रकार तिर्न सकिन्छ:
'खल्ती' एप लग-इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
“नेशनल लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
"डीओबी" र "पोलिसी नम्बर" भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने
रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो 'खल्ती' केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।