२७ जेठ २०८३, बुधबार
एमसीसीको सकस

एमसीसीबारे मध्यमार्गी विकल्पमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा

फागुन १५, २०७८
एमसीसीबारे मध्यमार्गी विकल्पमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा

विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदनका लागि मध्यमार्गी विकल्प खोज्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरू भएको छ । 

प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुनुपूर्व आइतवार गठबन्धनको बैठक बालुवाटारमा बसेको हो ।

यसअघि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको माओवादी केन्द्रले गठबन्धन जोगाउन केही वैकल्पिक र मध्यमार्गी प्रस्ताव खोज्ने बताएको छ । 

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् ।

गत साता कांग्रेस महामन्त्री गगन थापाले राखेको पूरक संकल्प प्रस्ताव पारित गरेर एमसीसी अगाडि बढाउने विकल्पमा दलहरूबीच छलफल शुरू भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एमसीसीको पक्षमा मतदान गराउन प्रधानमन्त्री देउवाले गरेको प्रयास सफल हुन नसकेपछि गठबन्धनमै छलफल हुन लागेको हो ।

यसअघि विपक्षमा मतदान गर्ने बताएका नेकपा माओवादी र नेकपा एसले एमसीसी निर्णयार्थ पेश गर्ने बेलामा संसद् बहिस्कार गरेर पास पास गर्न सहजीकरण गर्ने सम्भावना रहेको स्रोतले बतायो । 

संसदमा आज एमसीसीमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र त्यसमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची छ । 

अमेरिकाले एमसीसी अनुमोदन गर्न दिएको फेब्रुअरी २८ को समयसीमा भोलि अर्थात् फागुन १६ गते सकिँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्