
साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
आइतवार छापावाल सुन प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।