०९ असार २०८३, मंगलबार

एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी केन्द्रका नेताहरूको असहमती

फागुन १५, २०७८
एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी केन्द्रका नेताहरूको असहमती

व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णयमा केही नेताहरु असहमत भएका छन् । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा आज विहान बसेको शीर्ष नेताहरूको बैठकले व्याख्यात्मक टिप्पणी सहित संसदबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । 

तर, उक्त निर्णयमा नेताहरु लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवगुरूङ लगायत नेताहरुले असहमति राखेका छन् ।

केन्द्रीय सदस्य समेत रहेका नेता लीलामणि पोखरेलले एमसीसी अनुमोदन गर्ने निर्णयमा सहमत हुन नसक्ने लोकान्तरसँग बताए । 

‘व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्ने भन्ने कुराको कुनै अर्थ छैन । पार्टीको यसअघिको निर्णयको पक्षमा छौं’, पोखरेलले भने ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पनि यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने र विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका कतिपय नेताहरु एमसीसीको विपक्षमा सडक प्रदर्शनमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्