
गल्फ लुब्रिकेन्टको नेपालगञ्ज र दाङमा शोरूम सञ्चालनमा आएको छ ।
नेपाल ल्युब आयल लिमिटेडले नेपालगञ्जमा आधिकारिक बिक्रेता रवि ट्रेडर्स र दाङमा मध्यपश्चिम सप्लायर्सको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्न शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
शोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गरेका थिए ।
‘गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय ब्राण्ड हो, जुन उच्च गुणस्तरका लागि प्रख्यात छ,’ उनले भने, ‘नेपालमा ३८ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सर्वाधिक बिक्री हुने ब्रान्ड हो ।’
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले नयाँ शोरुमहरूबाट सबै गल्फ ब्राण्डका उत्पादकहरू उपलब्ध गराइने बताए । ‘फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्राण्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ,’ उनले भने ।