
चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् ।
अन्दाजी १८-२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो । यसअघि फागुन ९ गते निकुञ्जको खोरीया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा ५-६ महिनाको गैँडाको बच्चा फेला परेको थियो ।
यीसँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणबाट २७ र चोरी शिकारीबाट दुई वटा गैँडा मरेका छन् ।