१० साउन २०८३, आइतबार
पारित हुँदै एमसीसी

दुई घण्टा ढिला गरी कार्य व्यवस्थाको बैठक शुरू, एमसीसी पारित गर्ने प्रक्रियाबारे निर्णय हुने

फागुन १५, २०७८
दुई घण्टा ढिला गरी कार्य व्यवस्थाको बैठक शुरू, एमसीसी पारित गर्ने प्रक्रियाबारे निर्णय हुने

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने प्रक्रियाबारे निर्णय गर्न प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ ।

प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि तय भएपनि कार्य व्यवस्थाको बैठक पौने ३ बजे मात्र शुरू भएको हो । नेकपा माओवादी केन्द्र र नेकपा एसको बैठकका कारण कार्यव्यवस्था बैठक बस्न ढिला भएको हो । 

आजै प्रतिनिधि सभाको दोस्रो बैठक समेत बसेर एमसीसी अनुमोदन गराउने सरकारको तयारी छ । पहिलो बैठकमा सैद्धान्तिक छलफल हुनेछ । दोस्रो बैठकबाट एमसीसी पारित हुनेछ ।

त्यसको प्रक्रियाबारे कार्य व्यवस्थामा छलफल हुँदैछ । सत्तारुढ गठबन्धनले व्याख्यात्मक प्रस्तावसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्