
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले युक्रेनलाई वार्तामा बस्न आग्रह गरेका छन् ।
देश बचाउने हो भने रुससँग वार्ता गर्न उनले सुझाएका हुन् ।
रुसको प्रतिनिधिमण्डल युक्रेनसँग वार्ताका लागि बेलारुसको गोमेल पुगेको छ । तर युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बेलारुसमा वार्ता गर्न अस्वीकार गरेका छन् ।