०८ साउन २०८३, शुक्रबार

युक्रेन आक्रमणमा कम्तीमा ६४ सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघको भनाइ

फागुन १५, २०७८
युक्रेन आक्रमणमा कम्तीमा ६४ सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघको भनाइ
Getty Images

युक्रेनमाथि रुसले गरेको आक्रमणमा परी कम्तीमा ६४ जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघको एक निकायले जनाएको छ । 

अनि १ लाख ६० हजारभन्दा बढी मानिस युक्रेनबाट पलायन भएको पनि उसले जानकारी दिएको छ । 

‘जनवरी २६ को अपराह्न ५ बजेसम्म कम्तीमा २४० जना हताहत भएको र कम्तीमा ६४ जना सर्वसाधारणको ज्यान गएको जानकारी छ,’ यूएन अफिस फर द कोअर्डिनेसन अफ ह्युमानिटेरियन अफेयर्सले जनाएको छ ।

मृतकको संख्या यसभन्दा बढी हुन सक्ने उसको भनाइ छ । 

नागरिक पूर्वाधार संरचनामा पुगेको क्षतिका कारण हजारौं मानिस बिजुली र पानीबाट वञ्चित भएका छन् । सयौं घरहरू क्षतिग्रस्त वा ध्वस्त भएका छन् । सडक र पुल बलमे ध्वस्त बनाएकाले केही समुदायहरू बजारमा पहुँचबाट वञ्चित भएका छन् । 

राष्ट्रसंघको शरणार्थी निकायले १ लाख ६० हजारभन्दा बढी मानिस आन्तरिक विस्थापित भएको अनि १ लाख १६ हजारभन्दा बढी मानिस छिमेकी मुलुकहरूतर्फ पलायन गर्न बाध्य भएको जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्