३० जेठ २०८३, शनिबार

ह्वात्तै घट्यो संक्रमणः २४ घण्टामा थपिए १११ संक्रमित, १ जनाको मृत्यु

फागुन १५, २०७८
ह्वात्तै घट्यो संक्रमणः २४ घण्टामा थपिए १११ संक्रमित, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० नमूना परीक्षणमध्ये ९४ पीसीआर र १७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९३५ छ । 

मन्त्रालयका अनुसार थप ४१५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ । 

हाल मुलुकभर ८ हजार ५१७ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्