१० साउन २०८३, आइतबार

कैलालीमा खैरो हेरोइनसहित ३ जना पक्राउ

फागुन १५, २०७८
कैलालीमा खैरो हेरोइनसहित ३ जना पक्राउ

कैलालीमा अवैध लागुऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ  परेका छन् । 

टीकापुर नगरपालिका-१, समितिपुर बस्ने २३ वर्षीय संजय चौधरीसमेत ३ जनालाई करीब २८० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो । 

सञ्जयको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्