०८ असार २०८३, सोमबार

ओली सरकारका मन्त्रीको स्पष्टीकरण– यसकारण एमसीसी संसदबाट अनुमोदनको प्रावधान राखियो

फागुन १५, २०७८
ओली सरकारका मन्त्रीको स्पष्टीकरण– यसकारण एमसीसी संसदबाट अनुमोदनको प्रावधान राखियो

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री रहेका प्रतिनिधि सभाका सांसद हृदयेश त्रिपाठीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गराउने निर्णय सही साबित भएको बताएका छन् । 

एमसीसीमाथि प्रतिनिधि सभामा आइतवार भएको छलफलमा भाग लिँदै सूर्य चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका सांसद् त्रिपाठीले एमसीसी अनुदानको आयोजनालाई मेलम्ची आयोजना बन्न नदिन संसदबाट अनुमोदन गर्ने व्यवस्था गरिएको बताएका हुन् । 

‘यहाँ प्रश्न उठ्यो संसद्मा आउनै नहुनेलाई किन संसद्मा ल्याइयो ? अहिले आएर प्रमाणित भयो ठीक गरिएको रहेछ । प्रतिनिधि सभाबाट अनुमोदन नगराएको भए तुहाउने प्रयत्न हुँदोरहेछ’ त्रिपाठीले भने, ‘एमसीसीको अनुदानबाट बन्ने प्रशारण लाइन टेक्सास र क्यालिफोर्नियामा बन्ने होइन ।’

त्रिपाठीले एमसीसीबारे सत्तारुढ गठबन्धनले तयार गरेको व्याख्यात्मक टिप्पणी यसअघि गरिएको अप व्याख्याको प्रस्टीकरण भएको बताए । 

‘प्रधानमन्त्री शेरबहादुर देउवाजी यस्ता साथीहरूबाट बच्नुहोस्, भविष्यमा पनि अप्ठेरो पर्छ,’ त्रिपाठीले भने । 

प्रतिनिधि सभाबाट एमसीसी आइतवार नै पारित गर्ने तयारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्