२८ जेठ २०८३, बिहीबार

एमसीसी पारित गरौं, भारत र चीनसँग पनि सहयोग मागौं- गगन थापा

फागुन १५, २०७८
एमसीसी पारित गरौं, भारत र चीनसँग पनि सहयोग मागौं- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमै बसेर एमसीसी सम्झौता अघि बढाएका सांसदहरूले समेत भ्रम फैलाएको टिप्पणी गरेका छन् ।  

प्रतिनिधि सभामा जारी एमसीसीमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सम्झौता अन्तर्राष्ट्रिय स्टान्डर्डअनुसार तयार भएको तर राजनीतिक दलहरूले ढाँट कुरा गरेको बताएका हुन् । 

संसदमा रहेका नेपाल किसान पार्टीबाहेक सबै दलले एमसीसी अघि बढाउन काम गरेको र बाहिर गलत प्रचार गरेको थापाले बताए । 

विकासको लागि स्रोत आवश्यक रहेको भन्दै थापाले सहयोग गर्ने सबै देशबाट स्रोत ल्याएर विकासका काम अघि बढाउनुपर्ने बताए । 

‘६० अर्बको एमसीसी पारित गरौँ । चीन गएर ७० अर्ब देऊ भनौँ । भारत गएर ८० अर्ब देऊ भनौँ । सबैतिरबाट स्रोत ल्याएर विकास गरौँ,’ थापाले भने ।

सबै पूर्वप्रधानमन्त्रीहरुले एमसीसी अघि बढाउन भूमिका निर्वाह गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्