
मन्त्रिपरिषद्को बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक घोषणा संसदमा लैजाने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषद्को बैठकले एमसीसीको व्याख्यात्मक घोषणा प्रतिनिधि सभामा लैजाने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
सत्तारूढ गठबन्धनमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति भएको थियो । सोहीअनुसार, मन्त्रिपरिषदले व्याख्यात्मक घोषणा ग्रहण गरेर संसदमा लैजान लागेको हो ।
आइतवार प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक छोटो समयमा सकिएको छ ।
बैठकले एउटा मात्रै निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणा आजै बस्ने संसदमा पेश गर्ने र एमसीसीमा दफावार छलफल गरेर आजै अनुमोदन गर्ने तयारी छ ।