०९ असार २०८३, मंगलबार

कुकुरले टोक्यो ? यसो गर्नुस् !

कात्तिक २०, २०७४
कुकुरले टोक्यो ? यसो गर्नुस् !

केही मानिसलाई घरमा कुकुर पाल्ने सोख हुन्छ । तर कुकुरले सनक चढ्यो भने टोकिदिन्छ । यस्तोमा आत्तिएर के गर्ने पत्तो लाग्दैन । कुकुरले टोकेपछि रेबिज लाग्छ ।


रेबिजको भाइरस कुकुरमा हुन्छ र यो एकदमै चाँडै फैलिन्छ । समयमै उपचार गरिएन भने यसले ज्यानै लिन सक्छ । केही सावधानी अपनाउनुभयो भने यसलाई शुरुमै रोक्न सकिन्छ । त्यसैले नआत्तिकन प्राथमिक उपचार शुरु गर्नुपर्छ ।

१. घाउ सफा
कुकुरले टोकेको ठाउँमा तत्कालै पानीले धुनुस् । यसले संक्रमण घटाउँछ ।

२. रगत नरोक्ने
कुकुरले टोकेपछि घाउबाट बगेको रगत नरोक्नुस् । रगत रोकेपछि संक्रमणको खतरा बढ्छ ।

३. घाउलाई छोप्ने
घाउलाई खुला नराख्नुस्, ढाक्नुस् । घाउमा झिंगा वा कुनै जीव बस्यो भने निको हुन मुश्किल पर्छ ।

४. एन्टीरेबिज सुई
प्राथमिक उपचारपछि रेबिजविरुद्धको सुई लगाउन ढिलाइ नगर्नुस् । ढिलो भयो भने खतरनाक हुन सक्छ ।

५. सानो घाउमा पनि ध्यान
कुकुरले हल्का टोकेमा वा नङले कोतरेमा पनि संक्रमण फैलिने खतरा रहन्छ । यसलाई बेवास्ता नगरी सही तरिकाले उपचार गर्नुस् ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्