१३ असार २०८३, शनिबार

नेपालगञ्जको विजयी जुलुस : हिन्दू मुस्लिम भाइभाई, धवल शमशेर हाइहाई !

कात्तिक २०, २०७४
नेपालगञ्जको विजयी जुलुस : हिन्दू मुस्लिम भाइभाई, धवल शमशेर हाइहाई !

नेपालगञ्ज, २० असार - नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पद जितेपछि राप्रपा नेपालले विजयी जुलुस निकालेको छ ।

चार बजेदेखि राप्रपाको पार्टी कार्यालयबाट उक्त जुलुस नेपालगञ्ज बजारमा निस्किएको हो । नेपालगञ्जको मेयरमा राप्रपाका नेता धवल शमशेर जवरा निर्वाचित भएका छन् ।

अधिकांश मुस्लिम बसोवास रहेको उक्त क्षेत्रमा हिन्दुवादी पार्टीका नेता धवल विजयी भएका हुन् ।

विजयी जुलुसमा निस्किएका राप्रपाका कार्यकर्ताहरुले 'हिन्दू मुस्लिम भाइभाई, धवल शमशेर हाइहाई' भन्दै नारा लगाएका थिए ।

याे पनि,

बहसः ‘गाई’ पार्टीका धवललाई किन आयो मुस्लिमको भोट ?

salt training

कमेन्ट गर्नुहोस्