
बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो फिल्म गंगुबाई काठियावाडीलाई लिएर चर्चामा छिन् । हालै उनको फिल्म हलमा रिलिज भएको छ, जसले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।
गंगुबाई काठियावाडीले पनि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । आलियाको अभिनयको सबैले तारिफ गरिरहेका छन् तर उनका प्रेमी अभिनेता रणवीर कपुरले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
यसैक्रममा उनले प्रतिक्रिया नदिनुको कारणबारे आलियाले बताएकी छन् ।
अंग्रेजी वेबसाइट स्पटब्वायको समाचार अनुसार आलियाले हालै पापाराजीसँग कुरा गरेकी छन् । यसमा उनले आफ्नो फिल्म गंगुबाई काठियावाडीबारे पनि धेरै कुरा गरेकी छन् । उनले रणवीर सामाजिक सञ्जालमा सक्रिय नभएकाले उनको प्रतिक्रियाबारे कसैले थाहा नपाएको बताइन् ।
‘सबैलाई रणवीरको प्रतिक्रिया चाहिएको छ, दुर्भाग्यवश उनी सामाजिक सञ्जालमा छैनन् । त्यसैले पनि उनले आफ्नो प्रतिक्रिया दिन नसकेका हुन्,Ú उनले भनिन् ।
रणवीर कपुरलाई मिडियासँग कुरा गर्न र फिल्म गंगुबाई काठियावाडीको बारेमा प्रतिक्रिया दिन आग्रह गर्ने उनले आश्वासन पनि दिएकी छन् ।
आलिया र रणवीर लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । साथै, दुवैले छिट्टै विवाह गर्न लागेको बताइन् ।
यद्यपि आलिया र रणवीरले मिडियासामु यसबारे केही भनेका छैनन् ।
आलिया भट्टको फिल्म गंगुबाई काठियावाडीको कुरा गर्दा सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो फिल्म २५ फेब्रुअरी शुक्रवारबाट हलमा रिलिज भएको हो । फिल्मले दर्शकको निकै माया पाइरहेको छ ।
आलिया भट्टको अभिनयदेखि गंगुबाईको लुक्सलाई मानिसहरूले मन पराइरहेका छन् ।
फिल्ममा आलिया भट्टका अलावा अजय देवगन, विजय राज, शान्तनु महेश्वरी र सीमा पाहवाको पनि मुख्य भूमिका छ ।
यो फिल्म हुसैन जैदीको उपन्यास माफिया क्वीन्स अफ मुम्बईमा आधारित छ। फिल्मले बक्स अफिसमा पनि राम्रो कमाइ गरिरहेको छ ।
अहिले धेरै फिल्म स्टारले पनि आलिया भट्टको यो फिल्मको तारिफ गरेका छन् ।