×

NMB BANK
NIC ASIA

महाकाली सन्धिबारे सोधिएको प्रश्नमा ओलीको जवाफ- नेपालले वार्षिक ४ अर्ब आम्दानी गरिरहेको छ

फागुन १७, २०७८

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कुनै राष्ट्रघात नभएको र अहिले नेपालले वार्षिक चार अर्ब रूपैयाँ आम्दानी गरिरहेको दाबी गरेका छन् । 

Muktinath Bank

संसदबाट अनुमोदन भएको एमसीसीका सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले महाकाली सन्धिको बेला राष्ट्रघात नभएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले ७ मेगावाट विद्युत् निःशुल्क पाउनुपर्छ, कतिपयलाई गाह्रो लाग्ला, लगभग वार्षिक ४ अर्ब जसो हामीले लिन्छौं क्यार, वास्तविक तथ्यांक तपाईंले बुझ्नुहोला,’ उनले भने, ‘वार्षिक ४ अर्ब हामीले लिइरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

पत्रकारहरूले महाकाली सन्धिको बेला गरिएको व्याख्यात्मक टिप्पणी र एमसीसीको बेला गरिएको व्याख्यात्मक घोषणा एकै हो कि होइन भनेर गरेको प्रश्नमा ओलीले त्यसबेला व्याख्यात्मक टिप्पणी संसदबाट अनुमोदन भएको भए त्यसको पनि अर्थ नहुने बताएका थिए । 

Vianet communication

ओलीले एमसीसीको सम्बन्धमा संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा जनता झुक्याउने उपाय मात्रै भएको टिप्पणी गरेका छन् । 

उनले महाकाली सन्धि गराउन आफ्नो पनि भूमिका भएको र त्यसमा राष्ट्रहित प्रतिकूलका प्रावधान नभएको दाबी गरेका हुन् । 

‘त्यसबेला हामी प्रतिपक्षमा थियौँ । महाकाली सन्धिको सम्बन्धमा व्याख्यात्मक टिप्पणी थियो भने अनुचित थियो । महाकाली सन्धि पारित गराउने कुरामा मेरो पनि पहल थियो । सबै कुरा भारतलाई छोडिएको कुरा थिएन,’ ओलीले भने । 

महाकाली सन्धिपछि तत्कालीन एमाले विभाजन भएको थियो । राष्ट्रहित विपरीतका प्रावधान पार्टीले स्वीकार गरेको भन्दै नेताहरू बामदेव गौतम, सहना प्रधान, सीपी मैनालीले अलग पार्टी गठन गरेका थिए ।

तर, तत्कालीन नेताहरू केपी ओली, माधव नेपाललगायतका नेताहरू भने महाकाली सन्धिको पक्षमा थिए । 

ओलीले पत्रकार सम्मेलनमा भने, ‘वार्षिक चार अर्ब रूपैयाँ महाकाली सन्धिको कारण आइरहेको छ । महाकाली सन्धि ठीक थियो । टनकपुर सन्धिबाट एकीकृत महाकाली सन्धिसम्म पुर्‍याएर गरेका थियौँ ।’

महाकाली सन्धिको बेला पनि नक्कली राष्ट्रवाद देखिएको ओलीले टिप्पणी गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x