युक्रेनको खार्किभमा रुसले गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
मेडिकल पढिरहेका नवीन कुमार आक्रमणमा मारिएका हुन् । उनी कर्नाटकबाट युक्रेन गएका थिए ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीदे ट्वीट गरेर नवीनको मृत्युको जानकारी दिएका हुन् ।
विदेश मन्त्रालय रुस र युक्रेनका राजदूतहसँग सम्पर्कमा रहेको पनि बागचीले बताए । भारतीइ नागरिकलाई सुरक्षित बाटोबाट निकालिएको उनको भनाइ छ । खार्किभ बाहेक अन्य शहरमा पनि भारतीय विद्यार्थीहरू फसेको बागचीले जानकारी दिए ।
खार्किभको गभर्नर हाउसमा बिहान ७ बजे विद्यार्थीहरू खाना खान लाइनमा बस्दा आक्रमण भएको हो । रुसले आक्रमण गरेको भवन नजिक उनी उभिएका थिए ।
खार्किभ मेडिकल विश्वविद्यालयमा नवीन फोर्थ ईयरमा पढिरहेका थिए । एक फोनमार्फत उनको पहिचान खुलेको हो ।