३२ असार २०८३, बिहीबार

जेलेन्स्कीले भने– रुस आतंकवादी राज्य हो

फागुन १७, २०७८
जेलेन्स्कीले भने– रुस आतंकवादी राज्य हो

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसलाई आतंकवादी राज्यको संज्ञा दिएका छन् । 

रुसको रकेट आक्रमणका कारण मंगलवार खार्किभमा नागरिक प्रशासन भवन ध्वस्त भएपछि जेलेन्स्कीको भनाइ आएको हो । 

फेसबूकमा भिडियो पोस्ट गरी जेलेन्स्कीले खार्किभमा आतंक मच्चाइएको बताए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई उनले भने, ‘कसैले पनि माफ गर्ने छैन । कसैले पनि बिर्सने छैन ।’

पुटिनविरुद्ध यसअघि नै जेलेन्स्कीले युद्धअपराधको आरोप लगाइसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्