
महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गएर पूजा आराधना एवं दर्शन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरेर विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् ।
उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी थिइन् ।
राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नु हुँदा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारी लगायतले स्वागत गरेका थिए ।