०८ साउन २०८३, शुक्रबार

कस्तो रहला आज दिनभरको मौसम ?

फागुन १८, २०७८
कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ । 

महाशाखाले बुधबार दिउँसो भने प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान गरेको छ । यस्तै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 
यसैगरी पहाडी भूभागको थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।  

यस्तै राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक –दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्