१८ असार २०८३, बिहीबार

कांग्रेस मकवानपुरको निर्वाचनमा पदाधिकारीको मतपरिणाम सार्वजनिक

फागुन १८, २०७८
कांग्रेस मकवानपुरको निर्वाचनमा पदाधिकारीको मतपरिणाम सार्वजनिक

नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन अन्तर्गत सोमवार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ । 

बुधवार बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरे । 

सचिव पदमा भीमसेन महत ८१३ र ईश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भए । सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं विजयी भएका छन् । न्यौपानेले ८५० तथा बजगाईंले ५६२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । 

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा सर्वसम्मत चयन भएका थिए । सभापतिमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो ।

दोस्रो चरणका लागि संस्थापन पक्षका २ उम्मेदवार लामा र आनन्द पराजुलीबीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा लामालाई सर्वसम्मत चयन गरिएको थियो । सदस्यहरूको मतगणना हुन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्