०९ असार २०८३, मंगलबार

संसदबाट अनुमोदन भएको सम्झौता एमसीसीले गर्‍यो स्वीकार

फागुन १८, २०७८
संसदबाट अनुमोदन भएको सम्झौता एमसीसीले गर्‍यो स्वीकार

संसदबाट अनुमोदन भएको अमेरिकी आर्थिक सहयोग अनुदान सम्झौतालाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले स्वीकार गरेको छ । 

संसद बैठकले आइतवार व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो । 

एमसीसीले यो सम्झौताको अनुमोदनले ५ वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा भइरहेको कामलाई जारी राख्न थप प्रेरित गरेको जनाएको छ । साथै परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने एमसीसीले विज्ञप्तिमा उल्लेख गरेको छ । 

एमसीसीको मूल्यांकन अनुसार यो परियोजनाले नेपालका झण्डै ८० प्रतिशत जनतालाई लाभ पुग्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्