
नेपालको अग्रणी अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गरि हरेक आइतवार आइएमई पे डे शुरू हुने घोषणा गरेको छ ।
यससँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेट मार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम रु. ३५०) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्। साथै दराजका ग्राहकहरूले आफ्नो आइएमई पे भिसा कार्ड मार्फत भुक्तानी गर्दा हरेक आइतबार १०% (अधिकतम रु ५००) सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन्।
यो सम्झौता दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।
“आइएमई पे सँग साझेदारी गरि आइएमई पे डे घोषणा गर्न पाएकोमा हामी धेरै उत्साहित छौं। यस साझेदारीको मुख्य उद्देश्य भने ग्राहकहरूलाई किनमेल गर्न डिजिटल प्लेटफर्म रोज्नको लागि थप कारणहरू प्रदान गर्नुको साथै नेपाली इ–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नु हो,' दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले भने ।
ग्राहकहरूले आइएमई पे वालेट वा आइएमई पे भिसा कार्ड भाउचरहरू दराज एप वा वेबसाइट मार्फत सङ्कलन गर्नुपर्छ। संकलित भाउचरहरू चेकआउटको समयमा स्वतः लागू हुनेछन्।