
मोरङको उर्लाबारीमा जुवा खेल बाट नेता सहित ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा उर्लावारी ५ का कमल शाक्य, उर्लाबारी १ का कृष्ण अधिकारी, सुनसरीको रामधुनी झुम्काका लक्ष्मी बास्तोला, घरधनी उर्लाबारी ७ का कृष्ण प्रधान, दमक ८का सूर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र उर्लाबारीकै शिव लिम्बु रहेको छन् ।
प्रधान भने एमालेका नेता समेत हुन् ।
सिसी क्यामरा नै राखेर खेल्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले बताए ।
घर धनी समेत रहेका प्रधान गत स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारी ७ मा वडाअध्यक्षका प्रत्यासी समेत थिए ।
जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको डिएसपी मुकारुङले बताए ।
बाहिरबाट आउने जानेको निगरानीका लागि सिसी टिभी जडान गरेर व्यवस्थित रुपमा खेल्ने गरेको उनले बताए ।
जुवाको खाल बाट प्रहरीले २ लाख ७२ हजार समेत नियन्त्रणमा लिएको जनाएको छ । बुधबार सवा ४ बजे खेलिरहेकै स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाउने मोरङ प्रहरीले जनाएको छ ।