×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश : समितिमा पठाइयो तीन विधेयक

फागुन १८, २०७८

NTC
Premier Steels

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको ११औँ बैठकले तीनवटा विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले गत माघ २७ गते प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा छलफलका लागि प्रस्तुत भएका पाँच विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टे समयसीमा दिएका थिए । 

Muktinath Bank

सोहीअनुसार ती विधेयकमाथि संशोधनको सूचना परेको जनाउँदै सभामुख शाहीले आज थप छलफलका लागि सभामा प्रस्ताव गर्न मन्त्रीलाई समय दिए । प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले सभामा दफाबार छलफलका लागि प्रस्ताव गर्नुभएको ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ पहिलो संशोधन गर्न बनेको विधेयक’ सामाजिक विकास समिति र आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले प्रस्ताव गर्नुभएको ‘शान्ति तथा पुनःस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक, २०७७’ प्रदेश मामिला तथा विधायन समितिमा पठाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सदस्य नरेश भण्डारीले सिञ्जा प्रस्ताव गरेको गैरसरकारी विधेयक ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ पनि दफाबार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । त्यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ जारी सभाबाट स्वीकृत भइसकेकाले प्रस्थापन विधेयकरूपमा सभामा प्राप्त भएको कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८ सभासमक्ष टेबुल गरे ।  


Advertisment
Nabil box
Kumari

सभामुख शाहीले कर्णाली प्रदेशसभा नियमावली, २०७४ नियम १२५ को उपनियम ६ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८’ माथि छलफलका लागि तालिका तोकिएको सूचना गरे । तालिकाअनुसार फागुन १९ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रलायले छलफलमा भाग लिनेछन् ।

Vianet communication

फागुन २३ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश लोकसेवा, मुख्य न्यायाधिवक्ताको कार्यालय र कर्णाली प्रदेश योजना आयोग, २४ गते भौतिक पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शीर्षकमा दफाबार छलफलको समय निर्धारण गरिएको उनले जानकारी दिए । 

‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ प्रदेशसभाबाट स्वीकृत भइसकेको र प्रस्थिापन विधेयकरूपमा सभामा प्राप्त भएको उक्त विधेयक सभासमक्ष टेबुल गरे । सो विधेयकमाथि छलफल गर्न स्वीकृतिका लागि विचार गरियोस् भनी सभासमक्ष मन्त्री विष्टले गरेको प्रस्ताव पनि सर्वसम्मत पारित भएको थियो । कानूनमन्त्री शाहीले ‘प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरे । अर्को बैठक आगामी फागुन १९ गते दिउँसो १ बजे बस्ने जनाइएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x