
भूमध्यसागरबाट आएको वायूको प्रभावले देशभर चिसो बढेको छ । आज पनि पश्चिम र पूर्वी पहाडी जिल्लामा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं र जिरीमा हल्का वर्षा भएको छ ।
जोमसोममा ९ मिलिलिटर पानी परेको छ । मौसमविद् समिर श्रेष्ठले मंगलवारदेखि मौसममा सुधार आउने बताए । तर पूर्वी नेपालको मौसममा भने अझै केही दिन बदली हुने छ ।