
गोही मानिसका लागि डरलाग्दो प्राणी हो । र कतिपय अवस्थामा गोहीले मानिसलाई ठूलो क्षति पनि पुर्याउन सक्छ । तर नगरापालिकाका नवनिर्वाचित मेयरले भने काम सुरु गर्नु अगाडि गोहीसँग विहे गर्नु पर्ने हुन्छ ।
यस्तो परम्परा नेपालमा नभइ मेक्सिकोको एउटा नगरमा छ । आदिवासी परम्परा अनुसार यहाँ निर्वाचित हुने नयाँ मेयरले कार्यभार सम्हाल्नु अघि गोहीसँग विहे गर्नुपर्छ । सन् १७८९ मेक्सिकोको वहाका नगरमा यस्तो परम्परा चल्दै आएको छ ।
यो परम्पराअनुसार गोहीलाई राजकुमारी ठानिन्छ । नगरप्रमुखले अर्को वर्ष फेरि नयाँ गोहीसँग विहे गर्नुपर्ने हुन्छ ।
