२४ जेठ २०८३, आइतबार

युक्रेनको द्वन्द्व अन्त्य गर्ने राष्ट्रसङ्घको प्रस्ताव पारित

फागुन २०, २०७८
युक्रेनको द्वन्द्व अन्त्य गर्ने राष्ट्रसङ्घको प्रस्ताव पारित

संयुक्त  राष्ट्रसङ्घले  रुसबाट युक्रेनमाथि  भएको  आक्रमणको  निन्दा  र  उक्त  आक्रमण तत्काल अन्त्य गरिनुपर्ने   प्रस्ताव पारित गरेको   छ  ।

संयुक्त  राष्ट्रसङ्घको  आपत्कालीन  महासभाले  बुधबार राति  सो  प्रस्ताव  पारित  गरेको  हो  ।

संयुक्त  राष्ट्रसङ्घले  एक  वक्तव्य  जारी  गर्दै  संसारकै टाउन  हल  भनेर  चिनिने  महासभामा  १९३  देशको  यो आवाज  रहेको  जनाएको  छ  ।

जसमध्ये  १४१  देशले  युक्रेनको द्वन्द्व  अन्त्यको  प्रस्तावको  पक्षमा  मतदान  गरेका  थिए  ।

प्रस्ताव  पारित  भएसँगै  युक्रेनी सार्वभौमसत्ता,  स्वतन्त्रता  र क्षेत्रीय  अखण्डताको  पुष्टि गरेको  संयुक्त  राष्ट्रसङ्घले औँल्याएको  छ  ।  

नेपालले आपत्कालीन  महासभामा  प्रस्तुत प्रस्तावका पक्षमा मतदान गरेको   छ  ।

नेपालसहित  १४१  सदस्य  राष्ट्रले  प्रस्तावको  पक्षमा  मतदान गरेका  थिए  ।  

नेपालका  छिमेकी  मुलुक  भारत  र  चीनलगायत ३५  राष्ट्र  भने  मतदानमा  अनुपस्थित  रहेका  थिए  ।

प्रस्तावमा  संयुक्त  राष्ट्रसङ्घको  बडापत्रको  धारा २(४)विपरीत रुसले   युक्रेनमाथि आक्रमण गरेकाले त्यसको  निन्दा  गरिएको  छ  ।

साथै  रुसले  युक्रेन माथिको आक्रमण  तत्काल  बन्द  गर्नुपर्ने  भन्दै  संयुक्त  राष्ट्रसङ्घका सदस्य  राष्ट्रविरुद्ध  गैरकानुनी  रूपमा  बल  प्रयोग  गर्न नपाइने  प्रस्तावमा  उल्लेख  गरिएको  खबर गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्