०१ साउन २०८३, शुक्रबार

राष्ट्रिय सभामा २० जना सदस्यको पदावधि सकिँदै

फागुन २०, २०७८
राष्ट्रिय सभामा २० जना सदस्यको पदावधि सकिँदै
फाइल फोटो

राष्ट्रिय सभामा  २०  जना  सदस्यको  पदावधि शुक्रबारदेखि  समाप्त  हुँदैछ  ।

गोला  प्रथाका आधारमा  चार  वर्षे  कार्यकाल  पूरा  भई उनीहरू  बिदा  हुन  लागेका हुन् ।

कार्यकाल  पूरा  गर्ने  सबैभन्दा बढी सांसद नेकपा(एमाले)का छन् ।

एमालेका अगम प्रसाद बान्तवा राई,कविता बोगटी, कोमल वली,चक्रप्रसाद स्नेही, नैनकला ओझा,पर्शुराम मेघी गुरुङ,  रामलखन  चमार  र  सुमनराज प्याकुरेलको  पदावधि समाप्त  हुँदैछ  । े

यस्तै  नेकपा  (माओवादी  केन्द्र)का खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा,शशीकलादाहाल,नेकपा (एकीकृत समाजवादी)का उदया शर्मा पौडेल,  ठगेन्द्रप्रकाश  पुरी,  शान्तिकुमारी अधिकारी  जिसी  र  शेरबहादुर  कुँवरको कार्यकाल  पनि  सकिँदैछ  ।

नेपाली काँग्रेसका दृगनारायण पाण्डे,  राधेश्याम  अधिकारी  र  तारादेवी भट्टको  पनि  कार्यकाल  पूरा  हुँदैछ  ।

यस्तै   मन्त्रिपरिषद्को सिफारिसमा  राष्ट्रपतिबाट मनोनीत सदस्य रामनारायण बिडारीको पनि  कार्यकाल  सकिँदैछ  । उनीहरूको   अवधि समाप्त  भएपछि  हुने  रिक्त पदपूर्तिका लागि यसअघि नै १९ जना निर्वाचित  भइसकेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्