०६ असार २०८३, शनिबार

किन बढ्यो पेट्रोलको मूल्य ? निगमले देखायो यस्तो कारण...

फागुन २०, २०७८
किन बढ्यो पेट्रोलको मूल्य ? निगमले देखायो यस्तो कारण...

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको   मूल्य   वृद्धि   गरेको छ ।  

बिहीबार  राति  १२  बजेबाट लागू  हुने  गरी  पेट्रोल,  डिजेल  र मट्टीतेलमा प्रतिलिटर पाँच रुपियाँ वृद्धि गरेको छ ।

आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य पनि समायोजन गरिएको छ ।

नयाँ   मूल्यअनुसार   पेट्रोल अब  प्रतिलिटर  १५०  रुपियाँ  र डिजेल/मट्टीतेल प्रतिलिटर १३३  रुपियाँ  कायम  भएको  छ ।

हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १० रुपियाँले वृद्धि गरी १३६ रुपियाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय   हवाई   इन्धनतर्फ १०० अमेरिकी डलरले वृद्धि गरी प्रतिकिलोलिटर  एक  हजार  २९५ डलर कायम गरिएको छ ।

एलपी ग्यासको  मूल्य  भने  हाललाई यथावत् राखिएको छ ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम     पदार्थको     मूल्य वृद्धि भएकाले नेपालमा पेट्रोलियम  पदार्थको  मूल्य  वृद्धि भएको  निगमले  जनाएको  छ ।

अन्तर्राष्ट्रिय   बजारमा   कच्चा तेलको  मूल्य  प्रतिब्यारेल  ११९ अमेरिकी डलर पुगेको छ । मूल्य समायोजनपश्चात् पनि निगमलाई १५  दिनमा  दुई  अर्ब  ५०  करोड रुपियाँ   घाटा   रहेको   निगमले जनाएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्