०५ साउन २०८३, मंगलबार

२२  वर्षसम्म भएन कालोपत्रे !

फागुन २०, २०७८
२२  वर्षसम्म भएन कालोपत्रे !
फाइल फोटो

बाजुराको मार्तडी–कोल्टीसडक निर्माण  कार्य  सुरु  भएको झन्डै २२  वर्ष  पुग्यो तर सो सडकको अझै  स्तरोन्नति हुन सकेको  छैन  ।

लामो समयदेखि स्तरोन्नति नहुँदा  सो सडक  बर्खाको झरी  र हिउँदको हिमपातले बाटो  अवरुद्ध  बन्ने गर्छ,  जसले गर्दा  कोल्टीदेखि  मार्तडीसम्म  आउजाउ गर्न निकै  सास्ती खेप्नुपर्छ ।

केही वर्षयता सडक डिभिजन कार्यालय अछामले मार्तडीदेखि कोल्टीसम्मको कच्चीसडक निर्माण गरेर सो सडकमा छोटा दूरीका  सवारीसाधन  सञ्चालनमा ल्याएको भए  पनि  पक्की  सडक  नहुँदा बेलाबेला समस्या आउने  गरेको बूढीनन्दा नगरपालिकाका स्थानीयर रामबहाुदर बोहराले  बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्