०७ असार २०८३, आइतबार

कस्तो रहला आज दिनभरको मौसम ?

फागुन २०, २०७८
कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार शुक्रबार बिहान देशको उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।  

यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम असामान्यता सफा रहनेछ। यस्तै पहाडी भूभागका थोरै  स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी राति देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्