०८ असार २०८३, सोमबार

स्थानीय तहको चुनाव : आजदेखि मतदाता नामावलीमाथि दाबी विरोध शुरू

फागुन २०, २०७८
स्थानीय तहको चुनाव : आजदेखि मतदाता नामावलीमाथि दाबी विरोध शुरू

स्थानीय तहको निर्वाचन अन्तर्गत आज (शुक्रवार)देखि मतदाता नामावलीमा दाबी विरोध शुरू भएको छ ।

आगामी ३० वैशाखमा तोकिएको स्थानीय तहको चुनावका लागि आजदेखि मतदाता नामावलीमा दाबी–विरोध शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आजदेखि २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइने आयोगले उल्लेख गरेको छ ।

आयोगले यस अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिनेछ। 

यस अवधिमा दाबी–विरोधका लागि परेको निवेदनका आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ।   
 

salt training

कमेन्ट गर्नुहोस्