२५ जेठ २०८३, सोमबार

आर्थिक सशक्तीकरणमा नेपाली महिला अग्रस्थानमा

फागुन २०, २०७८
आर्थिक सशक्तीकरणमा नेपाली महिला अग्रस्थानमा
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

 आर्थिक अवसर र सशक्तीकरणमा नेपाली महिला सार्क राष्ट्रहरूमा अग्रस्थानमा रहेको पाइएको छ । विश्वका १९० मुलुकमा महिलाको आर्थिक अवसरमा नियम, कानुनले पारेको प्रभावलाई अध्ययन गरेर विश्व बैङ्कले तयार गरेको ‘महिला, व्यापार र कानुन २०२२’ प्रतिवेदनले यस्तो देखाएको हो ।

यो प्रतिवेदनले महिलाको आर्थिक अवसर र सशक्तीकरणको समग्र सूचकाङ्क ८०.६ रहेको छ । दक्षिण एसियाली मुलुकमध्ये सबभन्दा राम्रो हो । सबैभन्दा तल्लो स्तरमा रहेको बङ्गलादेशको सूचकाङ्क ४९.४ रहेको छ । सार्क मुलुकमध्ये भारतको ७४.४, माल्दिभ्सको ७३.८, भुटान ७१.९, श्रीलङ्का ६५.६ र पाकिस्तान सूचकाङ्क ५५.६ रहेको छ ।

आठ सूचकमध्ये कार्यस्थल, ज्याला र विवाह क्षेत्रमा नेपाली महिलालाई शतप्रतिशत अङ्क दिइएको छ भने सम्पत्ति शीर्षकमा ८० तथा गतिशीलता, उद्यमशीलता र निवृत्तिभरणमा ७५ अङ्क दिइएको छ । विश्वको औसत अङ्क ७६.५ रहेको छ ।

समग्रमा विश्वमा पुरुषको तुलनामा महिलाले एक तिहाइ अधिकार र स्वतन्त्रता पाएको प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनअनुसार यो विभेदको कारण विश्वको कुल गार्हस्थ्य उत्पादनको दोब्बर अर्थात् १७२.३० खर्ब अमेरिकी डलरको क्षति भएको छ । गोरखापत्र दैनिकमा राधा चालिसेले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्