३१ जेठ २०८३, आइतबार

पर्यटन क्षेत्रमा सबैभन्दा धेरै पुनर्कर्जा, कुन क्षेत्रमा कति ?

फागुन २०, २०७८
पर्यटन क्षेत्रमा सबैभन्दा धेरै पुनर्कर्जा, कुन क्षेत्रमा कति ?

कोरोना सङ्क्रमण सुरु भएयता सबैभन्दा  बढी  प्रभावित  बनेको  पर्यटन  क्षेत्रले  सर्वाधिक पुनर्कर्जा प्राप्त गरिरहेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ग्राहक ऋणीअनुसार स्वीकृत गरिएको पुनर्कर्जाको  क्षेत्रगत  विवरणमा  पर्यटन  क्षेत्र  सबैभन्दा अगाडि देखिएको हो ।

माघ  मसान्तसम्म  स्वीकृत  पुनर्कर्जा  १३  अर्ब  ६३ करोड ६५ लाख रुपैयाँमध्ये पर्यटन क्षेत्रका लागि ४९.९७ प्रतिशत रकम स्वीकृत भएको छ । यस्तै दोस्रोमा जलविद्युत् क्षेत्रका लागि २३.७६ प्रतिशत रकम स्वीकृत भएको छ ।

यसैगरी उत्पादनमूलक क्षेत्रका लागि ८.८२ प्रतिशत, शिक्षा क्षेत्रका लागि ६.२७ प्रतिशत, अस्पताल क्षेत्रका लागि ५.०४ प्रतिशत,  निर्माण  व्यवसाय  क्षेत्रका  लागि  २.४७  प्रतिशत, खाद्य उत्पादनका लागि १.४७ प्रतिशत, यातायातका लागि १.१२ प्रतिशत, व्यापारका लागि ०.६८ प्रतिशत र कपडाका लागि  ०.४०  प्रतिशत  पुनर्कर्जा  रकम  स्वीकृत  भएको  राष्ट्र बैङ्कले जनाएको छ ।

रकमका आधारमा हेर्ने हो भने पर्यटन क्षेत्रका लागि छ  अर्ब  ८१  करोड  ३५  लाख  रुपैयाँ  पुनर्कर्जा  रकम स्वीकृत भएको छ ।

यस्तै दोस्रोमा जलविद्युत् क्षेत्रका लागि तीन  अर्ब  २४  करोड  पाँच  लाख  रुपैयाँ  स्वीकृत  भएको छ । उत्पादनमूलक क्षेत्रका लागि एक अर्ब २० करोड २९ लाख  रुपैयाँ,  शिक्षा  क्षेत्रका  लागि  ८५  करोड  ४९  लाख रुपैयाँ,  अस्पताल  क्षेत्रका  लागि  ६८  करोड  ७०  लाख रुपैयाँ,  निर्माण  व्यवसाय  क्षेत्रका  लागि  ३३  करोड  ७५ लाख  रुपैयाँ,  खाद्य  उत्पादनका  लागि  २०  करोड  रुपैयाँ, यातायातका लागि १५ करोड २२ लाख रुपैयाँ, व्यापारका लागि ९३ करोड २० लाख रुपैयाँ र कपडाका लागि ५४ करोड ७० लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्