
काठमाडौं, २१ असार — राजपा नेपालका नेताहरु आज दल दर्ताको लागि निर्वाचन आयोग जाने भएका छन् । उनीहरुले सामान्य प्रक्रिया पुरा गर्नको लागि आफूहरु दल दर्ता गर्नको लागि निर्वाचन आयोग जान लागेको बताएका छन् ।
विभिन्न मधेशवादी दलहरु एकिकरण भएर बनेको राजपा नेपाल एकिकरण भएपनि नयाँ दल दर्ता भएको थिएन् । अब राजपाले बैधानिक रुपमा दलको मान्यता पाउने छ । राजपाका नेताहरुले निर्वाचनमा जानका लागि दल दर्ता गर्न लागेको हो ? भन्ने विषयमा सो विषयमा अहिले निर्णय नभएको बताए ।
तस्वीर, नागरिक अावाज