२६ असार २०८३, शुक्रबार

पाटन दरबार क्षेत्रमा धूम्रपान गर्नेलाई एक सातासम्म छानीछानी नमस्कार !

फागुन २०, २०७८
पाटन दरबार क्षेत्रमा धूम्रपान गर्नेलाई एक सातासम्म छानीछानी नमस्कार !

ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । 

सांस्कृतिक सम्पदा क्षेत्रलाई स्मार्ट र स्वच्छ बनाउने उद्देश्यले शुक्रवारदेखि पाटन क्षेत्रलाई धूम्रपानमुक्त क्षेत्रको घोषणा गरेको हो । 

अब महानगरपालिकाको कार्यालयको वरपर, गाबाहल र जावलाखेल क्षेत्रमा पनि धूमपान गर्न पाइने छैन । 

यदि कसैले त्यो क्षेत्रमा धूमपान गरे पहिलो एक हप्तामा नमस्कार गरेर नखानका लागि आग्रह गर्ने र त्यसपछि भने ललितपुर महानगर प्रहरीको सहयोग १०० रूपैयाँ जरिबाना गर्न लागेको महानगरले जनाएको छ । 

जरिबानाबाट संकलन भएको पैसा क्यान्सर अस्पताललाई उपलब्ध गराइने छ । 

सरकारले सार्वजनिक क्षेत्रमा धूमपान निषेध गरेको र त्यसको कार्यान्वयनको पाटो कमजोर भएकाले त्यसलाई कार्यान्वयन गर्ने स्थानीय सरकारको दायित्व भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । 

‘पाटन दरबार क्षेत्र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण भएकाले हामीले यसलाई धूमपान निषेध क्षेत्र घोषणा गरेका हौं,’ मेयर महर्जनले भने, ‘यो हामीले विस्तारै महानगरका अन्य क्षेत्रमा पनि लागू गर्नेछौं ।’

salt training

कमेन्ट गर्नुहोस्