१५ असार २०८३, सोमबार

नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै माओवादी बैठक २ घण्टा सर्‍यो

फागुन २०, २०७८
नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै माओवादी बैठक २ घण्टा सर्‍यो

नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दुई घण्टाका लागि पर सारिएको छ । 

शुक्रवार दिउँसो ११ बजे बस्ने भनिएको बैठक १ बजेसम्म सारिएको हो ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बस्ने बैठकका लागि केन्द्रीय सदस्यहरू उपस्थित भइसकेका छन् । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन भएपछि माओवादीमा विवाद चुलिएको छ । 

नारायणकाजी श्रेष्ठ समूहले एमसीसी पारित गरिएको भन्दै विरोध जनाउँदै आएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरूसँगको आन्तरिक छलफलमा छन् । 

पार्टी पदाधिकारी चयन गर्ने मुख्य एजेण्डा रहेको माओवादी बैठकमा एमसीसी विवादले प्रवेश पाउने देखिएको छ । पुस अन्तिम साता काठमाडौंमा सम्पन्न  महाधिवेशनले पदाधिकारी टुंगो लगाउन नसकेपछि केन्द्रीय कमिटीले पदाधिकारी छान्न लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्