
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ओशोको ध्यान गर्न ओशो जेतवन लुम्बिनी पुगेका छन् ।
उनले स्वामी आनन्द अरुणसँगको सामिप्यतामा बिताएका हरेक पल अनमोल भएको बताए ।
‘स्वामी आनन्द अरुणजीको सामिप्यतामा बिताएको हरपल अनमोल, अविस्मरणीय र रोमाञ्चक छन् । हाम्रा लागि जुन आफ्नो स्नेहको धारा बगाउनुभयो, त्यसले हामी धन्य भयौं,’ उनले ट्वीटरमा लेखेका छन् ।
