०१ असार २०८३, सोमबार
एमसीसीको विरोधमा ६ दलको सभा

एमसीसी पास हुँदा चीन मात्र होइन भारत पनि सशंकित छ- मोहन वैद्य

फागुन २०, २०७८
एमसीसी पास हुँदा चीन मात्र होइन भारत पनि सशंकित छ- मोहन वैद्य

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेपालमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी)प्रति चीन मात्र नभई भारतसमेत सशंकित रहेको बताएका छन् । 

एमसीसी खारेजीको माग गर्दै ६ दलीय मोर्चाले शुक्रवार काठमाडौंमा आयोजना गरिएको सभामा नेता वैद्यले एमसीसी चीनविरुद्ध नाकाबन्दीका लागि ल्याइएको दाबी गरेका हुन् ।

‘एमसीसी चीनविरुद्ध नाकाबन्दी गर्न ल्याइएको हो, त्यसैले चीनले चासो प्रकट गरिरहेको छ । चीन मात्र होइन यो भारतका विरुद्ध पनि परिलक्षित छ, त्यसैले भारतीयहरू पनि खुशी छैनन्, सशंकित छन्,’ वैद्यले भने । 

वैद्यले एमसीसी खारेजीको लागि आफूहरूको आन्दोलन जारी रहने उनले बताए । सभालाई नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्