
धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दीलगायतका करीब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीवार प्रहरीले फँडानी गरी नष्ट गरेको छ ।
जिल्ला सुरक्षा समितिको बुधवारको निर्णयअनुसार 'वस्ती वस्तीमा संयुक्त गस्ती' अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङ‚ इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो ।
साथै बारीमा लुकाई राखिएको करीब ५० केजी लागुऔषध गाँजासमेत प्रहरीले जलाएर नष्ट गरेको छ ।