२७ जेठ २०८३, बुधबार

एमसीसीविरोधी सभामा बुढाथोकीले भने, ‘प्रचण्ड तपाईं राष्ट्रिय गद्दार हुनुभयो’

फागुन २०, २०७८
एमसीसीविरोधी सभामा बुढाथोकीले भने, ‘प्रचण्ड तपाईं राष्ट्रिय गद्दार हुनुभयो’

नेकपा माओवादी समाजवादीका नेता कर्णजीत बुढाथोकीले अमेरिकी आर्थिक सामाजिक कार्यक्रम एमसीसी पारित गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रिय गद्दार बनेको आरोप लगाएका छन् ।

उनले एमसीसीविरुद्ध नेपालमा आन्दोलनको सुनामी ल्याउने चेतावनी दिए । 

एमसीसी खारेजीको माग गर्दै ६ वामपन्थी दलले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बुढाथोकीले प्रचण्डले कांग्रेससँग आत्मसमर्पण गरेको आरोप लगाएका हुन् ।

‘हुन त तपाईंसँग जनयुद्ध लडेको नेतालाई केही भन्न उकुसमुकुस भएको छ, प्रचण्ड तपाईं राष्ट्रिय गद्दार हुनुभयो,’ बुढाथोकीले भने, ‘प्रचण्ड र माधव नेपालले कांग्रेसका सामु आत्मसमर्पण गर्नुभयो । तपाईंहरू लाचार र कम्युनिस्टविरोधी हो ।’

बुढाथोकीले एमसीसी नेपालमा कम्युनिस्ट मास्ने अभियान भएको दाबी गर्दै खारेजीका लागि वडा–वडामा ब्यारेक बनाउनुपर्ने टिप्पणी गरे । उनले एमसीसी पास गर्नेहरू राष्ट्रिय गद्दार भन्दै भिसा लगाएर अमेरिका जान चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्