२३ असार २०८३, मंगलबार

एमसीसी खारेज गराउन नयाँ मोर्चाबन्दी गरौं : आहुती

फागुन २०, २०७८
एमसीसी खारेज गराउन नयाँ मोर्चाबन्दी गरौं : आहुती

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुती’ले अमेरिकी आर्थिक सहयोगको नाममा आएको एमसीसी खारेज गराउन नेपालका कम्युनिस्टहरूको नयाँ मोर्चाबन्दी जरुरी रहेको बताएका छन् ।

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आहुतीले नयाँ मोर्चाबन्दीले मात्र एमसीसीलाई धुलो चटाउन सकिने टिप्पणी गरेका हुन् । 

‘एमसीसी खारेज गर्नका लागि वामपन्थी दलहरूबीच नयाँ मोर्चाबन्दी बनाउनुपर्छ, नयाँ मोर्चाले मात्र साम्राज्यवादलाई परास्त गर्न र एमसीसीलाई धुलो चटाउन सकिन्छ,’ आहुतीले भने । 

एमसीसी पारित भएलगत्तै सरकारले कूटनीतिक पक्षधरता लिन शुरू गरेको उनले आरोप लगाए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले रुसको विपक्षमा वक्तव्य दिनु एमसीसीको उपज हो, एमसीसी पारित भएको १ हप्ता बित्न नपाउँदै देउवा सरकार बुरुक्क उफ्रेर अमेरिकाको पक्षमा वक्तव्य जारी गर्‍यो,’ उनले भने, ‘१२ वर्षअघि युक्रेनले यस्तै भूमिका खेलेको थियो, अहिले रणमैदान भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्